१५ असार २०८३, सोमबार

भेनेजुएलामा भूकम्प गएको ३० घण्टा : उद्धार कार्य जारी, मृतकको संख्या बढ्दो

४ हजार बढी घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भेनेजुएलामा शक्तिशाली भूकम्प गएको ३० घण्टाभन्दा बढी समय भइसकेको छ । उद्धार कार्य जारी रहेको छ ।

उद्धार कार्यमा संलग्न अधिकारीहरूका अनुसार मृतकको संख्या हजारौंमा पुग्न सक्छ । विनाशकारी भूकम्पबाट हालसम्म मृत्यु हुनेको संख्या २३५ पुगेको छ । ४ हजारभन्दा बढी मानिसहरु घाइते भएका छन् ।

स्थानीय राहत तथा उद्धार एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा भग्नावशेष हटाउने काम गरिरहेका छन् ।

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आपतकालको घोषणा गरेकी छन् ।

अमेरिका, फ्रान्स, नेदरल्याण्ड लगायत विश्वभरका धेरै देशहरूले भेनेजुएलालाई आवश्यक सबै किसिमको सहयोग गर्ने घोषणा गरिसकेको छ ।

यसैबीच, क्यानडाले भेनेजुएलाका लागि ३५ लाख डलरको मानवीय सहायताको घोषणा गरेको छ ।

क्यानडाकी विदेशमन्त्री अनिता आनन्दले यो सहायता सबैभन्दा बढी प्रभावित मानिसहरूलाई आवश्यक राहत प्रदान गर्न सहयोग गर्न लागेको बताएकी छन् । उनका अनुसार यो सहायता आपतकालीन खाना, सफा पिउने पानी, स्वास्थ्य सेवा, सरसफाइ, सुरक्षा र अन्य जीवन बचाउने आवश्यकताहरू पूरा गर्न प्रयोग गरिनेछ ।