१९ असार २०८३, शुक्रबार

रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ? (मतपरिणामसहित)

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भएका छन् ।

खुलातर्फ ३२ सहित ९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएको रास्वपा निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन् । उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल २६५६ मत पाएका छन् । उनीपछि सोविता गौतम, शिशिर खनाल र सागर ढकालले बढी मत पाएका छन् ।