२७ असार २०८३, शनिबार

रास्वपा केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिकपछि ‘मुर्दावाद’को नाराबाजी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि पार्टीका केही नेता, कार्यकर्ताहरुले महाधिवेशनस्थलमा विरोध प्रदर्शन गरेका छन् ।

गएराति ९९ केन्द्रीय सदस्यको नतिजा घोषणालगत्तै केही उम्मेदवार र प्रतिनिधिहरूले निर्वाचन प्रक्रियाप्रति आक्रोशित हुँदै ‘मुर्दावाद’को नारा लगाएका हुन् ।

उनीहरूले उम्मेदवारहरूको नामावली र नतिजा सार्वजनिक गर्ने प्रक्रियामाथि प्रश्न उठाउँदै पार्टीको आन्तरिक राजनीतिभित्र पनि प्रतिशोधको राजनीति चलेको भन्दै नेतृत्वले स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।

उम्मेदवारी दर्ता गराए पनि अन्तिम सूचीमा नाम नरहेको र सार्वजनिक गरिएको मतपरिणाममा समेत आफूहरुको विवरण समावेश नभएको दाबी उनीहरुको छ ।

उनीहरुले महाधिवेशन निर्वाचन प्रक्रिया, उम्मेदवार व्यवस्थापन र सूचना प्रवाहमा कमजोरी भएको भन्दै त्यसको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन् ।