काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’मा इक्वेडरले चार पटकको विश्व च्याम्पियन जर्मनीलाई २–१ ले हराउँदै राउन्ड अफ ३२ मा स्थान सुरक्षित गरेको छ ।
जर्मनीले यसअघि नै राउन्ड अफ ३२ मा स्थान सुरक्षित गरिसकेको थियो ।
खेलको दोस्रो मिनेटमै लेरोय सानेको गोलबाट जर्मनीले सुरुवाती अग्रता लिएको थियो, तर इक्वेडरले नवौं मिनेटमा निल्सन एङ्गुलोले बराबरी गोल गर्दै १–१ को बराबरीमा पुर्याए ।
पहिलो हाफ खेल बराबरीमा सकियो । दोस्रो हाफको ७७ औं मिनेटमा गोन्जालो प्लाटाले उत्कृष्ट गोल गर्दै इक्वेडरलाई २–१ को निर्णायक अग्रता दिलाए ।
जर्मनीले पछि बराबरी गर्ने प्रयास गर्यो तर इक्वेडरको रक्षापंक्तिले दृढतापूर्वक खेल्यो । इक्वेडरले विश्व फुटबलको दिग्गजमध्ये एक जर्मनीमाथि ऐतिहासिक विजय हासिल गर्यो ।
यसैबीच, समूह ‘ई’ मै आइभरी कोस्टले कुराकाओलाई २–० ले हराउँदै पहिलोपटक विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।








प्रतिक्रिया