२७ असार २०८३, शनिबार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण निवेदनमा कारण देखाऊ आदेश जारी

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको इजलाशले कारण देखाउ आदेश जारी गरेको हो ।

सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले पौडेललाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । मंगलबार बिशेष अदालतले उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

पौडेललाई गैरकानूनी रूपमा पक्राउ गरेर थुनामा राखिएको भन्दै उनकी श्रीमतीले बुधबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन् ।