काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेनेजुएलामा गएको विनाशकारी भूकम्पप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटर (एक्स)मा लेख्दै मोदीले यस कठिन घडीमा भारत भेनेजुएलाका जनताको साथमा रहेको बताए । उनले आवश्यकता परेमा सम्भव भएसम्मको सबै सहयोग उपलब्ध गराउन भारत तयार रहेको समेत बताए ।
‘भारतका जनताको तर्फबाट म भेनेजुएला सरकार र जनताप्रति विशेष गरी आफ्ना प्रियजनहरू गुमाएका परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछु । हामी घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछौँ र यस कठिन समयमा प्रभावित सबैसँग ऐक्यबद्धता व्यक्त गर्दछौँ ।’ उनले भनेका छन्, ‘भारत सबै सम्भव सहयोग प्रदान गर्न तयार छ ।’









प्रतिक्रिया