२४ असार २०८३, बुधबार

विश्वकप : चेक गणतन्त्रलाई पराजित गर्दै मेक्सिको नकआउट चरणमा प्रवेश

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा जित निकाल्दै मेक्सिको नकआउट चरणमा प्रवेश गरेको छ ।

मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले चेक गणतन्त्रलाई ३-० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

मेक्सिकोको जितमा मातेओ चाभेजले खेलको ५५ औं मिनेटमा गोल गरे । ६१ औं मिनेटमा जुलियन किन्योनेसले गोल गरे ।

निर्धारित समय सकिनै लाग्दा इन्जुरी समयमा अल्भारो फिडाल्गोले गोल गर्दै मेक्सिकोको जित सुनिश्चित गरे ।