२० असार २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, चालक गम्भीर घाइते

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । रौतहटको गुजरा नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुर टोलस्थित भित्री सडकखण्डमा कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले बाख्रालाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार चन्द्रपुर नगरपालिका वडा नं. ५ बस्ने अन्दाजी २४ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो । टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका चौधरीलाई उपचारका लागि चपुर हस्पिटल पुर्‍याइएकोमा चिकित्सकले बुधबार बेलुकी ७ः५५ बजे मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा राखिएको छ ।

यस्तै, दुर्घटनामा परि मोटरसाइकल चालक सोही ठाउँका अन्दाजी २३ वर्षीय आमोद चौधरी गम्भीर घाइते भएका छन् । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र चपुर हस्पिटलमै उपचार भइरहेको छ ।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी हरि नगरबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) रामेश्वर महतोको कमान्डमा टोली घटनास्थल खटिएको थियो ।

दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरी चौकी हरिनगरले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।