२६ असार २०८३, शुक्रबार

हाइटीमाथि मोरक्कोको रोमाञ्चक जित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा मोरक्कोले हाइटीमाथि ४–२ गोलको रोमाञ्चक जित निकालेको छ ।

एटलान्टामा भएको खेलमा मोरक्कोले हाइटीलाई ४–२ को पराजित गरेको हो ।

हाइटीले खेलको १० औं मिनेटमा गोल गरेको थियो । खेलको ३९ औं मिनेटमा मोरक्कोका अचराफ हाकिमीले गोल गर्दै बराबरी बनाएका थिए ।

मोरक्कोका इस्माइल सैबारीले पहिलो हाफको अतिरिक्त समयमा गोल गरे । सुफियान रहिमि ७८ औं मिनेट र गेसिम यासिन ८९ औं मिनेटमा गोल गर्दै मोरक्कोलाई सानदार जित दिलाए ।

जितसँगै मोरक्कोले समूह ‘सी’ उपविजेताको रूपमा अन्तिम ३२ मा स्थान बनाएको छ ।