४ श्रावण २०८३, सोमबार

विश्वकप २०२६ : स्विट्जरल्याण्ड र क्यानडा नकआउट चरणमा, बोस्नियाको सम्भावना कायमै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘बी’को भ्यानकुभरमा भएको खेलमा स्विट्जरल्याण्डले क्यानडालाई २–१ ले पराजित गर्दै समूहको शीर्ष स्थान सुरक्षित गरेको छ ।

तीन खेलपछि स्विट्जरल्याण्डले समूह ‘बी’मा सात अंकका साथ पहिलो र क्यानडा चार अंकका साथ दोस्रो स्थानमा रहेको छ । दुवै टोलीले राउन्ड अफ ३२ मा सिधै स्थान सुरक्षित गर्‍यो ।

यता, समूह ‘बी’मै सियाटलमा भएको खेलमा बोस्निया–हर्जगोभिनाले कतारलाई ३–१ ले पराजित गर्दै अर्को चरणमा पुग्ने सम्भावना बनाएको छ ।

बोस्निया चार अंकसहित तेस्रो स्थानमा रहेको छ । बोस्नियाको अर्को चरण पुग्ने सम्भावना बलियो देखिए पनि त्यसको औपचारिक टुंगो अन्य समूहका खेलहरूको नतिजापछि मात्र लाग्ने छ ।

कतार भने केवल एक अंकसहित चौथो स्थानमा रह्यो र प्रतियोगिताबाट बाहिरियो ।