२० असार २०८३, शनिबार

व्यवसायी अजयराज सुमार्गीको पासपोर्ट रोक्का

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले व्यवसायी अजयराज सुमार्गीको राहदानी रोक्का गरेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनमा अध्यागमन विभागले मंगलबार नै सुमार्गीको पासपोर्ट रोक्का गरेको हो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने सुमार्गी राजनीतिक संरक्षणमा अकूत धन आर्जन गरेको आरोपमा लामो समयदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको उच्च निगरानीमा थिए ।

जग्गा कारोबारी, मुक्ति सिमेण्ट, थाहा सञ्चार, रसुवाको मिनरल वाटरका मालिक उनीविरुद्ध २०७४ सालमा सम्पत्ति शुद्धीकरणमा उजुरी परेको थियो । ट्याक्स हेभन मुलुकमा सोल कम्पनी खडा गरी गैरकानुनी लगानी गरेको र सो रकम नेपाल भित्र्याएर आफ्नो खातामा राखेको आरोप उनीमाथि छ ।

विभागले सुमार्गीविरुद्ध ०८० सालमा मुद्दा दर्ता गर्ने तयारी समेत गरेको थियो तर राजनीतिक दबाबका कारण रोकिएको चर्चा त्यतिबेला चलेको थियो ।

राजनीतिक संरक्षणमा उन्मुक्ति पाउँदै आएका सुमार्गीमाथि प्रधानमन्त्री कार्यालयले नै चासो देखाएपछि अब अनुसन्धान प्रक्रिया अघि बढ्ने प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।