२० असार २०८३, शनिबार

सुनचाँदीको मूल्य घट्यो

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियो ।