१९ असार २०८३, शुक्रबार

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सय बढीको उम्मेदवारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ सदस्य केन्द्रीय पदका लागि आज निर्वाचन हुने भएको छ ।

९९ केन्द्रीय सदस्य पदका लागि चार सय बढीले उम्मेदवारी दर्ता गराएको पार्टीको निर्वाचन आयोगले जनाएको छ ।

सभापति पदमा रवि लामिछानेको मात्रै उम्मेदवारी पछि उनी हिजो मंगलबारै निर्विरोध निर्वाचित भइसकेका छन् ।

केन्द्रीय सदस्यका लागि आज निर्वाचन हुने भएको हो ।

उम्मेदवारी दिएकाहरूले आफ्ना लागि मत मागिरहेका छन् । मतदान चितवन उद्योग संघको परिसरस्थित प्रदर्शनी केन्द्रको हलमा हुनेछ ।

बुधबार बिहान ९ बजेका लागि तय गरिएको मतदान भने निर्धारित समयमा सुरु नहुने देखिएको छ । निर्वाचनका लागि आवश्यक प्राविधिक तयारी लगभग पूरा भए पनि उम्मेदवारहरूको अन्तिम सूची उपलब्ध नहुँदा मतदान प्रक्रिया अघि बढ्न नसकेको हो ।

मतदान गर्न एक व्यक्तिका लागि कम्तीमा २० मिनेट लाग्ने बताइएको छ । पहिलो चरणको मतदान सकिएपछि दोस्रो चरणमा १९ पदाधिकारीको निर्वाचन हुनेछ ।

रास्वपाले मतदानको लागि रामलक्ष्मण भोटिङ मसिन प्रयोग गरेको छ । मतदान स्थलमा ८० वटा भोटिङ मसिन तयारी अवस्थामा राखिएको छ ।