६ श्रावण २०८३, बुधबार

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

चितवनमा पार्टीको पहिलो महाधिवेशनअन्तर्गत जारी बन्दसत्रको निर्वाचन प्रक्रियामा लामिछानेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध रूपमा सभापति चयन भएका हुन् ।

रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले लामिछाने निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् ।

लामिछानेको उम्मेदवारीमा वरिष्ठ नेता बालेन्द्र साह प्रस्तावक रहेका थिए ।