काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गर्नुको आधार अनुसन्धानका क्रममा दुई व्यवसायीले दिएको बयान रहेको खुलेको छ। म्याद थपका लागि विशेष अदालतमा सरकारी पक्षले पेश गरेको विवरणमा रुपन्देहीका व्यवसायी कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माको बयानलाई आधार बनाइएको उल्लेख गरिएको हो।
सरकारी पक्षका अनुसार श्रीराम टोबाको प्रालिको शेयर कारोबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पौडेलको नाम आएपछि उनलाई पक्राउ गरिएको हो। अनुसन्धानमा शेयर खरिद–बिक्री प्रक्रियामा उनले सहजीकरण गरेको आरोप लगाइएको छ।
यता, पौडेल पक्षका कानुन व्यवसायीहरूले भने बयानका आधारमा मात्रै पक्राउ गरिएको भन्दै यसको विरोध गरेका छन्। उनीहरूले आरोप पुष्टि गर्ने ठोस प्रमाण प्रस्तुत गर्न नसकिएको दाबी गर्दै पक्राउलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताएका छन्।
बयान दिने व्यवसायीमध्ये कमलकिशोर मालपानी प्रधानमन्त्री बालेन्द्र शाहको चुनावी अभियानमा प्रयोग भएको करिब ८ करोड रुपैयाँ मूल्यको सवारीसाधनका कारण पनि चर्चामा आएका थिए।








प्रतिक्रिया