काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसबाट निर्वाचित तीनजना जनप्रतिनिधि पदमुक्त भएको घोषणा गरेको छ ।
पदमुक्त हुनेमा जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाल रहेको छन् ।
काँग्रेसबाट निर्वाचित उनीहरू पार्टी परिवर्तन गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका थिए । रास्वपामा प्रवेश गरेपछि नेपाली कांग्रेसले निर्वाचन आयोगमा पदमुक्त गर्न माग गर्दै पत्राचार गरेको थियो ।
राजनीतिक दल सम्बन्धी ऐनबमोजिम नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको सिफारिसको आधारमा उनीहरूको पद रिक्त भएको हो ।








प्रतिक्रिया