१६ असार २०८३, मंगलबार

रास्वपाको बन्दसत्र दिउँसो २ बजे सुरू हुने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन अन्तर्गतको बन्दसत्र आज दिउँसो दुई बजे सुरू हुने भएको छ ।

बन्दसत्रमा विभिन्न प्रतिवेदनहरू प्रस्तुत गर्ने र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने गरी विस्तृत कार्यतालिका तय भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका हुन् ।

बन्दसत्रमा अनुशासन आयोग, पार्टीको वित्तीय, संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिनेछ भने विधान संशोधन प्रस्ताव र अर्थ(राजनीतिक प्रस्तावना माथि छलफल हुनेछ। अहिले प्रतिनिधि दर्ताको काम भइरहेको छ ।

सोमबार नै सुरू हुनुपर्ने बन्दसत्र आज बल्ल २ बजे सुरू हुन लागेको हो । प्रतिनिधि करिब २८ सयबाट बढेर ४२ सय हुँदा प्राविधिक त्रुटिको कारण हिजो बन्दसत्र सुरू हुन नसकेको नेता गणेश पराजुलीले जानकारी दिए ।