२६ असार २०८३, शुक्रबार

अझै सुरु हुन सकेन रास्वपा महाधिवेशनको बन्दसत्र

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।

आइतबार भरतपुरस्थित गेस्टहाउस चौरमा उद्‌घाटन सत्र सकिएको महाधिवेशनको बन्दसत्र सोमबार बिहान साढे ८ बजेदेखि सुरु हुने भनिएको थियो । तर बन्दसत्र सुरु हुन सकेको छैन । महाधिवेशन प्रतिनिधि विवादका कारण बन्दसत्र सुरु हुन नसकेको बताइएको छ ।

यसैबीच, महाधिवेशन प्रतिनिधि विवाद छलफल गरेर समस्या समाधान भएको बताइएको छ ।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार बन्दसत्र आजै दिउँसो १ बजेबाट सुरु हुनेछ । अहिले महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण भइरहेको छ ।

इस्टिमेट गरिएको तीन हजार महाधिवेशन प्रतिनिधिको संख्या बढेर ४२ सय प्लस हुँदा केही प्राविधिक त्रुटिका कारण सोमबार बन्दसत्र सुरु गर्न नसकिएको पराजुलीको भनाइ छ ।