१८ असार २०८३, बिहिबार

फिफा विश्वकप : सेनेगल नर्वेसँग ३-२ गोलले पराजित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा नर्वेले सेनेगललाई पराजित गरेको छ ।

न्युयोर्क-न्युजर्सी रंगशालामा भएको खेलमा नर्वेले सेनेगललाई ३-२ ले पराजित गरेको हो ।

खेलको पहिलो हाफमै १-० को अग्रता बनाएको थियो । ४३ औं मिनेटमा मार्कस पेडरसनले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

दोस्रो हाफ सुरु भएको केही मिनेटमै एर्लिङ हालान्डले ४८ औं मिनेटमा माइकल ओडेगार्डको पासमा गोल गरे । खोलको ५३ औं मिनेटमा सेनेगलका इस्माइला सारले गोल फर्काउँदै खेलमा पुनः प्रतिस्पर्धा ल्याए ।

खेलको ५८औं मिनेटमा हालान्डले दोस्रो गोल गर्दै नर्वेलाई ३-१ को अग्रता बनाए । सेनेगलले अन्तिममा थपिएको ३ मिनेटमा इस्माइला सारले दोस्रो गोल गर्दै खेललाई ३-२ मा ल्याए ।