काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट जारी गरिएको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको पुष्टि गरेको छ ।
प्रहरीका अनुसार विभागबाट प्राप्त पत्रका आधारमा उनलाई वीरेन्द्रनगर–३ स्थित शुभ होटलबाट साँझ ५ः१५ बजे पक्राउ गरिएको हो ।
प्रहरीले विभागबाट जारी गरिएको जरुरी पक्राउ पुर्जी बुझाएर कानुनी प्रक्रिया पूरा गरी उनलाई पक्राउ गरिएको र आवश्यक कारबाहीका लागि सम्बन्धित कागजातसहित जिम्मा लगाएर पठाइएको जनाएको छ ।









प्रतिक्रिया