नेपालगञ्ज । एमाले उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरेपछि प्रहरीले नेपालगञ्ज हुँदै काठमाडौं लैजाने तयारी गरेको छ।
सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा पक्राउ परेका पौडेललाई सुर्खेतस्थित पार्टी कार्यक्रमबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो । उनी निर्वाचन समीक्षा तथा संगठन सुदृढीकरणसम्बन्धी कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरी टोली पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विशेष प्रहरी टोलीले पौडेललाई साँझ नियन्त्रणमा लिएर सडकमार्ग हुँदै नेपालगञ्जतर्फ लगेको हो। त्यहाँबाट उनलाई थप अनुसन्धानका लागि काठमाडौं पुर्याइने तयारी गरिएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया