१६ असार २०८३, मंगलबार

दीपक भट्टसँग सम्बन्ध रहेको आशंकामा विष्णु पौडेलको डेरामा सम्पत्ति शुद्धीकरणको छापा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको भैंसेपाटीस्थित डेरामा छापा मारेको बताइएको छ ।

स्रोतका अनुसार उनलाई पक्राउ गर्नुअघि उनको भैसेपाटीस्थित डेरामा विभागको टोली पुगेको हो ।

स्रोतले हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग पौडेलको सम्बन्ध रहेको आशंकामा अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

विभागको टोली सोमबार दिउँसो करिब १ बजे पौडेलको डेरामा पुगेको थियो ।

जेनजी आन्दोलनका क्रममा भैसेपाटीस्थित घरमा आगजनी भएपछि पौडेल हाल सोही क्षेत्रमा भाडाको घरमा बस्दै आएका छन् ।