काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेकाप्रति आपत्ति जनाउँदै कानुनी राज्यमा तथ्य र प्रमाणको निष्पक्ष परीक्षणपछि मात्र कानुनी प्रक्रिया अघि बढ्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित नहुने बताए । उनले कानुनी शासन, लोकतान्त्रिक अधिकार र राजनीतिक स्वतन्त्रताको सम्मान हुनुपर्नेमा जोड दिएका छन् ।
बस्नेतले एमाले कार्यकर्ता तथा समर्थकलाई उक्त घटनालाई केवल एक व्यक्तिसँग सम्बन्धित विषयका रूपमा नहेर्न आग्रह गरेका छन् । उनका अनुसार यसलाई लोकतान्त्रिक अधिकार, राजनीतिक स्वतन्त्रता र विधिको शासनसँग जोडिएको विषयका रूपमा बुझ्न आवश्यक छ ।
उनले ‘कुखुरा मर्यो भन्दा पनि श्याल पल्कियो’ भन्ने उखान उद्धृत गर्दै यस्ता प्रवृत्तिको समयमै प्रतिवाद गर्नुपर्ने बताए । आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्ने भएकाले सबै लोकतन्त्रवादी शक्ति सचेत रहनुपर्ने उनको भनाइ छ ।








प्रतिक्रिया