९ असार २०८३, मंगलबार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पौडेललाई सोमबार साँझ सुर्खेतबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्गत प्रदेशस्तरीय कार्यक्रमका लागि पोडेल सुर्खेत पुगेका थिए ।

उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलले पौडेलमाथि अनुसन्धान गरिरहेको थियो ।