काठमाडौं । माट्रिका आँखा केन्द्रले विभिन्न ठाउँमा सञ्चालन गरेको आँखा शिविरमा तीन सय ३७ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया भएको छ ।
तीन चरणमा गरिएको शिविरबाट करिब पाँच हजारभन्दा धेर आँखाका बिरामीहरु लाभान्वित भएका हुन् । शिविरको क्रममा आँखा जाँच गर्नेदेखि निःशुल्क औषधि वितरण लगायका काम हुँदै आइरहेको छ । केन्द्रले काठमाडौं उपत्यकाबाहिर पनि माग भएको खण्डमा निशुल्क आँखा शिविर र औषधी पनि निशुल्क उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।
पहिलो चरणमा काभ्रेपलाञ्चोकको नवबुद्धमा सञ्चालन भएको शिविरमा ५० जना, सुनाकोठीमा सञ्चालन गरिएको शिविरमा २७ जना बिरामी लाभान्वित भएका छन् ।
त्यस्तैगरी, साँखु वडा नम्बर ३ मा सञ्चालित शिविरमा ४१ जना र गोदाबारीमा सञ्चालित शिविरमा ६६ जना लाभान्वित भएका छन् ।
गत वैशाख २६ र २७ गते सञ्चालित पहिलो चरणको शिविरमा एक सय ५४ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ ।
त्यस्तै, दोस्रो चरणमा जेठ २२ गते सञ्चालित शिविरबाट एक सय ८ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ । जसमा काठमाडौं महानगर १८ नरदेवीमा भएको शिविरमा ५१ जना, च्यासल पाटनमा भएको शिविरमा २९ जना, भक्तपुरमा भएकोमा १५ जना र मैतिदेवीमा भएको शिविरमा १२ जना गरी एक सय आठ जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ ।
त्यसैगरी, तेस्रो चरणमा जेठ ३० गते सञ्चालन गरिएको शिविरबाट भने ७५ जना बिरामी लाभान्वित भएका छन् । जसमा ललितपुर वडा नम्बर ८ मा २५ जना र छप्पी ललितपुरमा ४० गरेर कुल ७५ जना लाभान्वित भएका छन् ।








प्रतिक्रिया