९ असार २०८३, मंगलबार

गृहमन्त्री सुधन गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ ।

सोमबार गुरुङविरुद्ध संयुक्त रूपमा उजुरी दर्ता गराइएको हो ।

पक्राउ परेका जेनजीलाई हिरासत कक्षभित्र गएर मानसिक दबाब, ज्यान मार्ने धम्की दिएको भन्दै छानबिनको माग गर्दै जेनजी अगुवाहरू अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले उजुरी दिएका हुन् ।

गएको जेठ १९ गते गुरुङको टोली सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा पुगेर आफूहरूलाई यस्तो धम्की दिएको उजुरीकर्ताको जिकिर छ ।