२६ असार २०८३, शुक्रबार

रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्न नपाउने

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्न नपाउने भएका छन् ।

पार्टीले स्ततः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज गरेको हो ।

यसअघि असार ४ गते बसेको सचिवालय बैठकले संस्थापक सदस्यहरूलाई स्वतः केन्द्रीय समिति सदस्य बनाउने निर्णय सर्कुलेसन भएको थियो । तर समायोजन भएर आएकाको विरोधपछि उक्त निर्णय हटाइएको हो ।

संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्न नपाएपछि संस्थापकहरूले तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् ।