३१ असार २०८३, बुधबार

गर्मीका कारण धनगढीका विद्यालय बन्द

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । कैलालीको धनगढीका विद्यालय बन्द गरिएको छ ।

अध्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले सूचना जारी गर्दै विद्यालय बन्द गरिएको जानकारी दिएका हुन् ।

गर्मीका कारण असार ९ देखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयका बिदा दिइएको महानगरले जनाएको छ। सूचनामा भनिएको छ, ‘बढ्दो अत्यधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना रहेकोले सोको प्रतिकुल असरलाई मध्यनजर गर्दै पछि वर्षे र हिउँदे बिदाबाट बिदा मिलान हुने गरी यस उपमहानगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा मिति २०८३ असार ९ गतेदेखि १२ गतेसम्म चार दिन अध्ययन अध्यापन कार्य नगरी बिदाको व्यवस्था मिलाउनु हुन जानकारीका लागि सादर अनुरोध छ।’

केही दिनदेखि धनगढीलगायत आसपासको क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेको छ।