१२ असार २०८३, शुक्रबार

रास्वपाको महाधिवेशनमा खाना, खाजाको व्यवस्था के छ ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि पार्टीले खाना तथा खाजाको सम्पूर्ण व्यवस्था गरेको छ।

महाधिवेशनमा सहभागी करिब ४ हजारभन्दा बढी प्रतिनिधिलाई बिहानको नास्ता, दिउँसोको खाना, दिउँसोको खाजा र बेलुकाको भोजन उपलब्ध गराइने रास्वपाले जनाएको हो। मांसाहारीसँगै शाकाहारी प्रतिनिधिका लागि पनि छुट्टै परिकारको व्यवस्था गरिएको छ।

खानपान व्यवस्थापनको जिम्मा स्थानीय क्याटरिङ कम्पनीलाई दिइएको छ। प्रतिनिधिहरूलाई कुपनका आधारमा भोजन उपलब्ध गराइनेछ भने सम्पूर्ण खाना महाधिवेशन स्थलमै तयार गरी वितरण गरिने व्यवस्था मिलाइएको हो ।

प्रतिनिधिहरुलाई बिहान खसीको मासु र भात खुवाइने छ । ४१ सय प्रतिनिधि र अन्य सहभागीलाई बिहानको खानाका लागि मात्रै दैनिक झण्डै ८ क्विन्टल खसीको मासुको व्यवस्था गरिएको छ । बेलुका भने मिक्स भेज तरकारी खुवाइनेछ ।

बिहान र बेलुकाको खानामा कम्तीमा १० आइटम राखिनेछ । मासु नखानेहरुलाई पनिर, च्याउको व्यवस्था हुनेछ, साथमा सिजनल तरकारी पनि राखिने छ ।

यद्यपि, प्रतिनिधिहरूको होटल बसाइ खर्च भने सम्बन्धित प्रतिनिधिले आफैं व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ।