२० असार २०८३, शनिबार

सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि मुक्का प्रहार गर्ने ऐश्वर्या कुँवर पक्राउ

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ​कञ्चनपुरको एक होटलमा आयोजित सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । उनी आभासडटकमकी अध्यक्ष तथा कार्यकारी सम्पादक हुन् ।

भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि मुक्का प्रहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कुँवरलाई नियन्त्रणमा लिएको हो ।

​सार्वजनिक भिडियोमा कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार तथा अभद्र व्यवहार गरेको देखिएको छ । उक्त भिडियो कुँवर आफैले पनि फेसबुकमा राखेकी छिन् ।

‘म रिपोर्टिङ क्रममा रहिरहँदा वडा अध्यक्ष रविन्द्र देवकोटाले सुरुवाती चरणमै यस्तोसम्म आरोप र यस्तो व्यवहार गरेका थिए’ भिडियो राख्दै उनले लेखेकी छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार घटनाको थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालयले कुँवरलाई नियन्त्रणमा लिएको हो ।

उनका अनुसार वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहारको किटानी जाहेरी दिएका छन् । सोही आधारमा मुद्दा दर्ता भइसकेको र अदालतबाट म्याद थपको प्रक्रिया अगाडि बढाइएको डीएसपी रावतले बताए ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।