काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘जी’मा बेल्जियम र इरानबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
लस एन्जलस रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने धेरै अवसर पाएका थिए, तर दुवैले गोल गर्न सकेनन् ।
६६ औं मिनेटमा बेल्जियमका डिफेन्डर नाथन न्गोयले रातो कार्ड पाए, जसकारण बेल्जियम बाँकी खेल १० खेलाडीमा खेल्न बाध्य भयो । इरानी खेलाडी तारेमीलाई गोलतर्फ अगाडि बढ्नबाट रोक्ने प्रयास गर्दा न्गोयले फाउल गरेपछि सिधै रातो कार्ड पाएका थिए ।
बेल्जियम १० खेलाडीमा सीमित हुँदा समेत इरानले अग्रता लिन सकेन । दुवै टोलीले एक–एक अंकमा चित्त बुझाए ।








प्रतिक्रिया