काठमाडौं । फिफा विश्वकप २०२६ मा स्पेनले सानदार प्रदर्शन गर्दै साउदी अरेबियालाई ४–० ले पराजित गरेको छ ।
एटलान्टा रंगशालामा भएको खेलमा स्पेनले खेलको सुरुवात आक्रामक रूपमा गर्यो । १० औं मिनेटमा माइकल ओयारजाबालको उत्कृष्ट पासमा लामिन यामालले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए । यो विश्वकपमा यामालको पहिलो गोल थियो ।
सुरुवाती अग्रता लिएपछि स्पेनले साउदीमाथि दबाब कायम राखेको थियो ।
स्पेनका मिकेल ओयारजाबालले २१ औं मिनेटमा गोल गर्दै खेललाई २–० को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि २४ औं मिनेटमा उननै आफ्नो दोस्रो गोल गरे । ओयारजाबालले डानी ओल्मोको हेडरलाई गोलमा परिणत गर्दै स्पेनलाई ३–० को अग्रता दिलाए ।
दोस्रो हाफको सुरुवातमा साउदी अरेबियाको समस्या झनै बढ्यो । ४९ औं मिनेटमा हसन अल्ताम्बाक्टीले आत्मघाती गोल गरे । यो गोलसँगै स्पेनले ४–० को अग्रता लियो ।
खेलभरि स्पेनको नियन्त्रण स्पष्ट देखिएको थियो । स्पेनी खेलाडीहरूले मिडफिल्ड र आक्रमण दुवैमा उत्कृष्ट समन्वय प्रदर्शन गरेका थिए । स्पेनले साउदीमाथि एकतर्फी ४–० को जित हासिल गर्यो ।








प्रतिक्रिया