१९ असार २०८३, शुक्रबार

नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल एसबिआई बैंकले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसरमा आइतबार सातै प्रदेशमा योग कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएको छ । बैंकका सबै प्रदेशका कर्मचारीहरूले उत्साहपूर्वक योगमार्फत स्वास्थ्य अभिवृद्धिसम्बन्धी गतिविधिहरूमा सहभागिता जनाएका थिए ।

बैंकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य तथा दैनिक जीवनमा योगको महत्वबारे सचेतना अभिवृद्धि गर्नु रहेको थियो । कार्यक्रमले कर्मचारीहरूलाई क्रियाशील, आपसी सहकार्य र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने अवसर प्रदान गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, लगायत अन्य वरिष्ठ पदाधिकारीहरू तथा १५० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

बैंकले यस किसिमको पहलबाट कर्मचारीहरुको मानसिक स्वास्थ्य, शारीरिक तन्दुरुस्ती तथा उत्पादकत्व बढाउन प्रोत्साहन गर्नुका साथै यसले सकारात्मक र जीवन्त कार्यस्थल संस्कृतिमा योगदान पुर्‍याउने विश्वास लिएको छ ।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेको छ ।