काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने प्रमाण रहेको बताएका छन् ।
आज चितवनमा पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालसँग प्रमाण रहेको र प्रमाणका आधारमा जमिन फिर्ता ल्याइने बताएका हुन् ।
यस्तै उनले जमिन विवादमा ब्रिटिसलाई मध्यतकर्ता राख्न नखोजेको स्पष्ट पार्दै ब्रिटिससँगको प्रमाण ल्याउन कुरा आफूले गरेको बताए । उनले आफ्नो राष्ट्रियतामाथि आशंका नगर्न पनि आग्रह गरे ।
उनले भने,‘सीमाको विषयमा पनि चिन्ता लिनुपर्दैन । सीमाको विषयमा बोल्दा जुनसुकै देशसँग कुरा गर्दा उहाँहरुले पनि आपत्ति जनाउनुहुन्छ । उहाँले आपत्ति जनाउनुभयो मलाई अचम्म लाग्यो । हामीसँग त प्रमाण छ । कालापानी लिपुलेकको प्रमाण छ । त्यो प्रमाण लिनको लागि पहिले ब्रिटिशको पालाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । ब्रिटिसलाई मध्यस्तकर्ता राख्न खोजेका हैनौं । छिमेकीसँग कुरा गरेर मिलाउँछौं । मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’
राजनीतिक नेतृत्वबारे टिप्पणी गर्दै उनले व्यक्तिगत समूह निर्माणभन्दा जनताको विश्वास जित्नु नै मुख्य आधार हुने बताए। उनले भने, ‘राम्रो नेता बन्न जनताको आस्था र माया जित्नुपर्छ । कुनै समूह बनाएर मात्र हुँदैन ।’
उनले यो चुनावमा गरेको बाचाहरु यही ५ वर्षमा पूरा गर्ने प्रतिबद्धता जनाउँदै अर्को चुनावमा नयाँ एजेण्डा बोकेर जाने बताए ।








प्रतिक्रिया