२ श्रावण २०८३, शनिबार

बालेनले गगनको हातमा पनि घण्टी थमाए, गगनले बजाए

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रास्वपाको पहिलो महाधिवेशन चितवनमा सुरू भएको छ ।

महाधिवेशनको सभापति रवि लामिछाने, वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गरेका हुन् ।

रवि र बालेनले मात्रै नभई अन्य दलबाट उपस्थित भएका अतिथीले पनि घण्टी बजाएका थिए । काँग्रेस सभापति गगन थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतको हातमा प्रधानमन्त्री बालेन स्वयंले घण्टी दिएका थिए ।

बालेनले घण्टी दिएपछि गगन लगायत नेताहरूले पनि संगसंगै बजाएका थिए ।