१९ असार २०८३, शुक्रबार

रास्वपाको महाधिवेशनमा विपक्षी दलबाट को-को उपस्थित भए ?

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा सुरू भएको छ ।

महाधिवेशनमा विपक्षी दलका नेताहरू पनि सहभागी भएका छन् ।

महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उपस्थित भएका छन् ।

यसैगरी नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेकपा नेता वर्षमान पुन, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत कार्यक्रस्थलमा पुगिसकेका छन् । उनीहरूले पनि महाधिवेशनमा शुभकामना व्यक्त गर्नेछन् ।