१० श्रावण २०८३, आइतबार

आज वर्षकै सबैभन्दा लामो दिन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज (जुन २१) यस वर्षको सबैभन्दा लामो दिन परेको छ ।

पृथ्वीको उत्तरी गोलार्धमा सूर्यको प्रकाश सबैभन्दा बढी समय पर्ने भएकाले आज दिनको वर्षभरकै सबैभन्दा लामो हुने गर्दछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान ५ः०९ बजे सूर्योदय भएको छ भने साँझ ७ः०३ बजे सूर्यास्त हुनेछ । यसअनुसार आज दिनको अवधि करिब १३ घण्टा ४५ मिनेट रहनेछ ।

आजपछि दिन क्रमशः छोटो र रात लामो हुँदै जानेछ ।