भरतपुर । भरतपुर महानगरपालिका–१ स्थित गेस्टहाउस चोक क्षेत्रमा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको कार्यक्रमस्थलमा पानी जमेको छ ।
गएराति परेको वर्षाका कारण कार्यक्रमस्थलको केही भागमा पानी जमेपछि आयोजक पक्षले स्थल व्यवस्थापनको काम गरिरहेको छ । जमेको पानीका कारण कार्यक्रम असर नपरोस् भन्ने डोजर प्रयोग गरी माटो हालेर स्थान सम्याउने काम भइरहेको छ ।









प्रतिक्रिया