१० असार २०८३, बुधबार

हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ । अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा आइतबार बिहान उनको निधन भएको हो ।

शर्मा पछिल्लो समय अमेरिका रहँदै आएका थिए । उनी विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लडी रहेका थिए ।

टेलिफिल्म ‘चतुरेको दाउपेच’बाट चर्चामा आएका शर्माले धेरै टेलिफिल्म र फिल्ममा काम गरेका छन् ।

उनले ‘चतुरेको दाउपेच’ नामक फिल्म समेत निर्माण गरेका थिए ।