काठमाडौं । हाल कोशी प्रदशको केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भू–भागमा पश्चिमी वायु, स्थानीय वायु प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । अन्य तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल तथा बागमती, गण्डकी, लुम्बिनी,र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी प्रदेशको तराईका केही स्थानमा तथा मधेश प्रदेशमा एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।








प्रतिक्रिया