१६ असार २०८३, मंगलबार

फिफा विश्वकप : जर्मनी नकआउट चरणमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जर्मनीले फिफा विश्वकप २०२६ मा समूह ‘ई’को आफ्नो खेलमा आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको छ ।

टोरन्टो रंगशालामा भएको खेलमा उल्लेखनीय पुनरागमन गर्दै जर्मन टोलीले जित हात पारेको हो ।

आइभरी कोस्टका लागि खेलको पहिलो गोल ३० औं मिनेटमा फ्रान्क केसीसले गोल गरेक थिए । त्यसपछि जर्मनीले बराबरी गर्न धेरै प्रयास गर्‍यो तर पहिलो हाफ टाइमसम्म आइभरी कोस्ट १–० अगाडि रह्यो ।

दोस्रो हाफमा जर्मनीले खेलको गति बढायो । खेलको ६८ औं मिनेटमा डेनिज उन्डाभले उत्कृष्ट गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याए । डेनिजको गोलपछि खेल झनै रोमाञ्चक बन्यो । दुवै टोलीले जितको लागि संघर्ष जारी राखे ।

खेल बराबरीतर्फ अघि बढिरहेको बेला जर्मनीले इन्जुरी समयमा निर्णायक अग्रता लिएको थियो । ९०  प्लस ४ औं मिनेटमा डेनिजले नै फेलिक्स एन्मेचाको पासमा दोस्रो गोल गरे । उनको दोस्रो गोल जर्मनीको लागि खेल जित्ने गोल सावित भयो ।

आठ मिनेटको इन्जुरी समयपछि रेफ्रीले अन्तिम सिट्टी बजाए र जर्मनीले खेल २–१ ले जित्यो ।

डेनिजको दुई गोलले जर्मनीलाई लगातार दोस्रो जित दिलायो र टोली नकआउट चरणको लागि छनोट भयो ।