२ श्रावण २०८३, शनिबार

ट्रम्पले फेरि भने– इटालीकी प्रधानमन्त्री मेलोनीले मसँग तस्वीर खिचाउन बिन्ती गरेकी थिइन्

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई अस्वीकार गरेपछि ट्रम्पले फेरि मेलोनीको बारेमा आफ्नो बयान दोहोर्‍याएका छन् ।

ट्रम्पले हालै एक इटालियन च्यानलसँगको अन्तर्वार्तामा जी–७ शिखर सम्मेलनको क्रममा मेलोनीले आफूसँग फोटो खिच्न ‘बिन्ती’ गरेको दाबी गरेका थिए ।

तर मेलोनीले ट्रम्पको अभिव्यक्ति गलत भनेपछि ट्रम्पले आफ्नो बयान दोहोर्‍याएका हुन् ।

ट्रम्पले शनिबार ट्रुथ सोसलमा लेख्दै हालै फ्रान्समा भएको जी–७ बैठकको क्रममा मेलोनीले बारम्बार आफूसँग फोटो खिच्न आग्रह गरेको बताएका हुन् ।

ट्रम्पले लेखेका छन्, ‘फ्रान्समा भएको जी–७ बैठकको क्रममा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले मसँग फोटो खिच्न बारम्बार अनुरोध गरिन् ।’

ट्रम्पले इटालीमा मेलोनीको लोकप्रियता, नेटो र इरानसँगको युद्धको समयमा इटालीको अडानबारे पनि टिप्पणी गरे ।

‘उनी (मेलोनी)को लोकप्रियताको स्तर इटालीमा खराब छ, सम्भवतः किनभने उनले इरानलाई आणविक हतियार प्राप्त गर्न वा विकास गर्नबाट अस्वीकार गर्ने सन्दर्भमा संयुक्त राज्य अमेरिका, इटालीलाई साँच्चै माया गर्ने र सुरक्षा गर्ने देशलाई अस्वीकार गरिन् (तर त्यसो भए, नेटोले पनि त्यस्तै गर्‍यो !)।’ ट्रम्पले भनेका छन् ।

ट्रम्पले अमेरिका इटालीलाई साँच्चै माया गर्ने र रक्षा गर्ने देश हो भने । ट्रम्पले मेलोनीले अमेरिकालाई इटालीको अवतरण स्ट्रिप वा धावनमार्ग प्रयोग गर्न नदिएको पनि बताए ।

ट्रम्पले अमेरिकाले इरानलाई सैन्य रूपमा पराजित गरिसकेको र मेलोनीले अमेरिकासँगको मित्रतालाई पुनः जगाउन चाहेको उल्लेख गरेका छन् ।