२० असार २०८३, शनिबार

निर्माणाधीन मन्दिरको छत खस्दा ७ भक्तजनको मृत्यु

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको महाराष्ट्रको परभणीको यशवाडी देवस्थानमा रहेको हनुमान मन्दिरको निर्माणाधीन सभा हलको छत खस्दा ७ जना भक्तजनको मृत्यु भएको छ ।

शनिबार दिउँसो भएको दुर्घटनामा २५ जना भक्तजनहरू घाइते भएका छन् र उनीहरूलाई जिल्ला अस्पताल लगिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार मन्दिरमा निर्माण कार्य भइरहेको बेला दुर्घटना भएको हो । भक्तजनहरु प्रसाद ग्रहण गर्न लाइनमा बसेका बेला दुर्घटना भएको थियो ।

शनिबार भएकाले मन्दिरमा भक्तजनको घुइँचो थियो ।