९ असार २०८३, मंगलबार

‘सिन्दुरे जात्रा’को रिलिज डेट लक, बाँकी छायांकन असार १५ पछि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’ले रिलिज डेट लक गरेको छ । छायांकनको चरणमा रहेको चलचित्रले ६ महिना पछिलाई रिलिज डेट लक गरेको हो ।

चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने निर्देशक सरोज पौडेलले बताएका छन् ।

“वितरकसँग सल्लाह गरेर हामी सबैको उपयुक्त समय हेरेर मंसिर ४ गते आउने निर्णयमा पुगेका हौँ,” निर्देशक पौडेलले भने, “यो मितिमा हाम्रो चलचित्रलाई सबैले सहयोग गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ ।”

हतारमा आउनुभन्दा पनि सबैलाई अनुकूल हुनेगरी पोस्ट प्रोडक्सनमा पनि समय लिएर आउन लागेको उनले प्रस्ट पारे ।

सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र पर्वतको कुस्मा नगरपालिका आर्थर डाँडाखर्कबाट छायांकन सुरु भइसकेको छ ।

छायांकनका क्रममाा मुख्य अभिनेता विजय बरालको हात फ्याक्चर भएपछि अहिले निर्माण टिमले केही समयलाई ब्रेक लिएको छ । बाँकी छायांकन असार १५ पछि मात्रै हुनेछ ।

अभिनेता विजय बराल र अञ्जना बराइली निर्देशक पौडेलसँग यो सिनेमामार्फत दोस्रोपटक सहकार्य गर्दैछन् ।

यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा काम गरेका थिए । जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने चलचित्र बनेको छ ।

निर्देशक पौडेलले ‘पूर्णबहादुरको सारङ्गी’मार्फत आफूलाई नेपालको ‘ब्लकबस्टर निर्देशक’को रूपमा स्थापित गरेका थिए । यो चलचित्रमा विजय बराल, अञ्जना बराइली, विनोद न्यौपाने लगायत कलाकार मुख्य भूमिकामा छन् ।

यस्तै, चलचित्रमा कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, विनोद न्यौपाने, पूर्वमिस नेपाल उषा खड्गीलगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ ।

चलचित्रमा लेखन पनि निर्देशक पौडेल स्वयंको छ ।

चलचित्रको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन् ।