५ श्रावण २०८३, मंगलबार

भोटोजात्रामा अनुमतिबिना ड्रोन उडाउन नपाइने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले रातो मछिन्द्रनाथको भोटो देखाउने कार्यक्रममा अनुमतिबिना ड्रोन नउडाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

कार्यालयले सूचना जारी गर्दै आज ललितपुर महानगरपालिका–४ जावलाखेलमा भोटो देखाउने कार्यक्रमको अनुमतिबिना बेलुका ५ देखि ७ बजेसम्म ड्रोन नउडाउन सर्वसाधारणलाई आग्रह गरेको हो ।

कार्यालयका अनुसार ललितपुर महानगरपालिका–४ जावलाखेलमा भोटो देखाउने कार्यक्रमको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बेलुका ५ बजेदेखि ७ बजेसम्म मानवरहित हवाई उपकरण (ड्रोन) उडाउन प्रतिबन्ध लगाइएको हो ।

कार्यालयले उक्त अवधिभित्र आफ्नो अनुमतिबिना कुनै पनि व्यक्ति वा संस्थाले ड्रोन उडाएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ ।