३० असार २०८३, मंगलबार

भित्रियो मनसुन, देशभर फैलिन केही दिन लाग्ने

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शुक्रबारदेखि नेपालमा यस वर्षको मनसुन प्रणाली औपचारिक रुपमा प्रवेश गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मनसुन आगमन बुलेटिन अनुसार कोशी प्रदेशको केही भू–भागबाट मनसुन नेपाल भित्रिएको हो । यद्यपी, नेपालका अन्य भू–भागमा भने मनसुन फैलिन अझै केही दिन लाग्नेछ ।

विभागका अनुसार बंगालको खाडीबाट विकसित मनसुनी वायु नेपालको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको छ । हाल मनसुनको प्रभाव विशेषगरी कोशी प्रदेशका केही क्षेत्रमा देखिएको छ ।

अहिले मनसुन कमजोर अवस्थामै रहे पनि आगामी केही दिनमा क्रमशः देशका अन्य भू–भागमा समेत फैलिने सम्भावना रहेको विभागले जनाएको छ ।