६ असार २०८३, शनिबार

विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६ मा पहिलो जित दर्ता गरेको छ ।

फिलाडेल्फिया स्टेडियममा भएको खेलमा ब्राजिलले हैटीविरुद्ध ३–० गोलको जित निकालेको हो ।

ब्राजिलको जितमा माथेउस कुन्हाले २३ औं र ३६ औं मिनेटमा दुई गोल गरे ।

यसैगरी, ब्राजिलका लागि पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गोल गरेका थिए ।

यसअघि पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेल्दै अंक बाँडेको थियो ।