काठमाडौं । फिफा विश्वकप फुटबल–२०२६ मा आफ्नो दोस्रो खेलमा मोरक्कोले स्कटल्याण्डलाई १–० ले पराजित गरेको छ ।
बोस्टन रंगशालामा भएको खेलको दोस्रो मिनेटमै मोरक्कोका लागि इस्माइल सैबरीले ब्राहिम डियाजको पास नियन्त्रण गर्दै बललाई गोलमा परिणत गरे ।
इस्माइलले गरेको गोल नै मोरक्कोको जितका लागि निर्णायक बन्यो ।
यो जितसँगै मोरक्को दुई खेलबाट ४ अंकसहित समूह ‘सी’को शीर्षस्थानमा रहेको छ ।
पहिलो खेलमा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो भने स्कटल्याण्डले हाइटीलाई हराएको थियो ।








प्रतिक्रिया