९ असार २०८३, मंगलबार

चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक आह्वान गरेका छन् ।

सभापति लामिछानेले बैठक आज (शनिबार) दिउँसो १ बजे चितवनको भरतपुरस्थित होटेल सिमटीको हलमा बस्नेगरी आह्वान गरेका हुन् ।

चितवनको भरतपुरमै असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक बस्न लागेको हो ।

आजको बैठकमा मुख्यतया राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी र महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको व्यवस्थापनका विषयमा छलफल हुने कार्यसूची छ ।

यसैगरी, बैठकमा महाधिवेशनमा प्रस्तुत प्रतिवेदका साथै पार्टीको विधान संशोधनका सम्बन्धमा समेत छलफल हुने कार्यसूची रहेको बताइएको छ ।