२३ असार २०८३, मंगलबार

अमेरिका–इरान वार्ता रद्द, लेबनानमा इजरायली हमला जारी

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फ्रान्समा शान्ति सम्झौतामा हस्ताक्षर भएपछि अमेरिका र इरानबीच आज स्विट्जरल्याण्डमा थप वार्ता हुने तय भएको थियो तर यो बैठक रद्द भएको छ ।

अमेरिका–इरान दुवै पक्षले युद्ध समाप्त गर्न र भविष्यको आणविक वार्ताको रूपरेखा तयार गर्न बिहीबार गरेको शान्ति सम्झौताको एक दिनपछि बैठक स्थगित भएको हो ।

स्विस अधिकारीहरूले वार्ता निर्धारित समय अनुसार नहुने पुष्टि गरेका छन् । नयाँ मिति तोकिएको छैन ।

स्विस विदेश मन्त्रालयका प्रवक्ता निकोलस बिडल्टले आफ्नो देश संवादलाई प्रवर्द्धन गर्ने आफ्नो प्रयासमा पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । उनले स्विट्जरल्याण्ड भविष्यमा हुने कुनै पनि बैठकलाई सहजीकरण गर्न तयार रहेको उल्लेख गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार यसको कारण लेबनानमा इजरायलको जारी सैन्य आक्रमण हुनसक्छ ।

लेबनानको सरकारी समाचार एजेन्सीका अनुसार शुक्रबार इजरायली आक्रमणमा कम्तिमा १८ जनाको मृत्यु भएको छ ।

यस्तै, हिजबुल्लाह आक्रमणमा ट्याङ्क बटालियन कमाण्डरसहित चार इजरायली सैनिकको पनि मृत्यु भएको छ ।